वीरगंज, जेठ ४
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरको आयोजना र माट्रिका आई फाउन्डेशनको सहयोगमा आज वीरगंजमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न शिविरमा ३८५जनाको आँखा परिक्षण गरिएको थियो । जसमध्ये ७० जनामा मोतियाबिन्दुको समस्य, सय जनामा चश्म लगाउने र दुई जनामा समान्य ईन्फेक्सन भेटिएको अध्यक्ष खेतानले जानकारी दिनुभएको थियो । शिविरमा माट्रिका आई फाउन्डेशनका नेत्र बिशेषज्ञ महेश्वर सिंह धामीको टोलिले चेकजाँच गरेको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,प्रहरी उपरिक्ष रेवती ढकाल,प्रहरी निरिक्षक निसान्त थापा, ट्राफिक प्रहरी निरिक्षक राजकुमार सिंह लगायतको सहभागिता सहभागिता रहेको थियो ।

प्रतिक्रिया