वीरगंज, १२ जेठ । बाराको कलैयामा महिलाहरूको आय आर्जन बढाउन भन्दै ३ महिने सिलाई कटाई तालिम शुरू भएको छ ।
कलैया ५ स्थित श्री पन्ना देबि कन्या माबी को सभा हलमा उदघाटन कार्यक्रमको उदघाटन गर्दै कलैया उपमहानगरपालिकाकी उप प्रमुख रहिमा खातुनले यस्ता खाले तालिमले महिलाहरूको आर्थिक स्थिती सुधार हुने बताइन ।
आफुले पनि नगरका महिलाहरूको आर्थिक,शैक्षिक,राजनैतिक हर प्रकारको क्षेत्रमा सुधार गर्न लागिपरेको भन्दै नगरलाई महिलामैत्री बनाउदै हरेक महिलाको हक अधिकारको लागि छुट्टै डेस्क स्थापना गर्न आफुले पहल गरिरहेको बताईन । तालिममा सहभागी भएकाहरूलाई खातुनले समयको सदुपयोग गर्दै बढी भन्दा बढी सिकेर आफै टेलर खोलेर आय आर्जन गर्न प्रोत्साहित गर्दै आवस्यक सहयोग गर्न नगर सदैव साथ रहने बताईन ।
नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाको सहयोग र बिजनेस नेपाल कन्सल्टेन्सी प्राली वीरगंजको आयोजनामा शुरू भएको तालिममा कलैया ५ का २० जना महिला सहभागी रहेको आयोजक संस्थाका निर्देशक राजेश चौहानले बताए ।
संस्थाका प्रबन्धक मुकेश मुखियाको अध्यक्षता एवम उप प्रमुख रहिमा खातुनको प्रमुख आतिथ्यमा शुरू भएको तालिमको उदघाटनमा श्री पन्ना देबि कन्या माबिका प्रधानाध्यापक मोतिलाल कुश्वाहा,उप प्रमुखका स्वकिय सचिव आदिल अन्सारी, बिश्वास एफएमका प्रबन्धक साजिर मन्सूर, प्रशिक्षक डिला कार्की,सहायक प्रशिक्षक रन्जु देबि लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया