वीरगंज, 9 जेठ/
बारा जिल्लाको पचरौता नपा–१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिपरपातीको छतबाट छात्र र छात्राले हाम फालेपछि छात्रको मृत्यु भएको छ ।
कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सरोज साह र १४ वर्षीया सरिता
(नाम परिवर्तन) ले हिजो छतबाट
हाम फालेर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।
घटनामा सरोज साहको उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी
नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताए ।
दुवैलाई उपचारको लागि नारायणी अस्पताल भर्ना गरिएको थियो ।
अहिले सरिताको नारायाणी अस्पतालबाट नेशनल मेडिकल पठाई उपचार भइरहेको प्रवक्ता राठौरले बताए । उनले दुवैबीच प्रेम थियो, घरपरिवारले स्वीकार नगर्दा विद्यालयको चारतल्लाबाट फाल हानेर आत्महत्या गर्न खोजेको बताए ।
प्रतिक्रिया