वीरगंज, ७ जेठ ।
बाराको सिम्रौनगढ नगरपालिका ७ झवानीकी ६० वर्षीया देवपतिदेवी रामले नुहाएको एक साता बढी भइसक्यो। मैलो कपडा सफा गर्न र गाईभैंसी, खसीबाख्रालाई पानी खुवाउन पनि निकै सास्ती भोग्नु परेको उनले बताइन् ।
खाना पकाउन र पिउनका लागि खेतमा सिंचाइ गर्न गाडिएको बोरिङको पानी ल्याएर काम चलाउनुपरेको उनले सुनाइन।
शुद्ध पानी पिउनका लागि उनको घरको आ"गनमा एक सय ५० फिट गहिरो चापाकलको पाइप गाडिएको छ। फागुनअघिसम्म चापाकलमा खुबै पानी आउथ्यो। एक पल्ट चापाकलको ह्यान्डिल दबाउ"दा लोटा भरिनथ्यो। तर फागुन यता उक्त चापाकलबाट कम पानी आउ"छ ।
चैतको दोस्रो सातादेखि त जति पेले पनि चापाकलमा पानी नै आउ"दैन। एकैछिनमा लोटा भरिने चापाकललाई बेस्सरी पेल्दा ५र१० मिनेटमा पनि लोटा भरि"दैन। लेयर सुकेर चापाकलबाट अहिले पानी नै आउन छाडेको उनले जानकारी दिइन।

प्रतिक्रिया