अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बारा कलैयाका खरिदार रामजीप्रसाद साह र बिचौलिया खड्गभक्त शर्माविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
खरिदार साह र बिचौलिया शर्माले सोही कार्यालयमा विचाराधीन मोहीसम्बन्धी मुद्दामा जग्गाको मोही कट्टा गरिदिन्छु भनी सेवाग्राहीसँग घर मागेका थिए। त्यसपछि अख्तियार कार्यालय हेटौंडामा उजुरी परेको थियो।
अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको २३ हजार रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको थियो।
आरोप पत्रमा २३ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ क बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।
प्रतिक्रिया