जेठ १, २०७६
समाजवादी पार्टी नेपाल पर्साका जिल्ला अध्यक्ष एंव संघीय सांसद तथा प्रदिप यादवद्धारा गोपाल सेवा समितिको भवनको सिलन्यास गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा स्थित निर्माण हुन लागेको गोपाल सेवा समितीको भवनको सिलन्यास गर्दै सांसद यादवले समाजबाट दाइजो प्रथा अन्त्य गर्न सबै जातीय समुदायहरु एक जुट भएर लाग्न आग्रह गरे ।
विभिन्न दाताहरुको सहयोगमा निर्माण हुन लागेको भवनलाई विधिपुर्वक पुजापाठ गरेर शिलान्यास गर्दै सांसद यादवले जातीय समुदायबाट हाम्रो समाजलाई कसरी उत्थान गर्न सकिन्छ भने तर्फ सबैको ध्यान जान आवश्यक छ । उनले भने, जबसम्म हामी एकजुट हुदैनौँ, तबसम्म समाजमा रहेका विकृतिलाई अन्त्य गर्न सकिदैन ।
सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सबै जातजाती समुदायले समाजको कल्याणको लागी जातीय संस्थाहरु पनि सक्रिय हुन जरुरी रहेको बताए । बालबालीकाको उज्वल भविष्यका लागी शिक्षाको क्षेत्रबाट बञ्चीत नगर्न हामीले आफना बालबालीकालाई स्कुल पठाउने कार्यमा विषेश ध्यान दिन आवश्यक रहेको कुरामा उनको जोड थियो ।
गोपाल सेवा समितीका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य जनार्दन यादव, समाजवादी पार्टीका पर्सा जिल्ला सह इन्चार्ज राम नरेश यादव,शिक्षक महासंघको प्रतिनिधि शिवनारायण यादव,कृषीका पुर्व हाकीम कैलाश यादव,नेपाली कांग्रेसका जिल्ला सदस्य विरेन्द्र यादव, समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वर यादव, गोपाल सेवा समितीका पदाधिकारी लगायत स्थानीयको उपस्थीती रहेको थियो ।
प्रतिक्रिया