जनकपुरधाम, बैशाख ३० । मुख्यमन्त्री लालबाबु राउतले धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
जानकी नवमीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले राष्ट्यि विभूति समेत रहनु भएकी माता जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने भएपनि संघीय सरकारले विदा नदिएपछि प्रदेश सरकारले विदा दिएर प्रादेशिक पर्वको रुपमा अघि सारेको उल्लेख गर्नु भयो ।
माता सिताको जन्म प्रसंग बारे उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्रेता युगमा राजा जनकले प्रजाहरुको हितको लागि हलो समेत चलाउनु भएको उहाँको ती महान कार्यबाट आजको राजनेताहरुले प्रेरणा लिनु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २को विकासको मुल आधार रहेको धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले प्रदेश भित्रका धार्मिक महत्वका सबै मठ मन्दिरको संरक्षण सम्बद्र्धनमा आगाडी बढेको उल्लेख गर्नु भयो । उहाँले यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने गरि जानकी मन्दिर सौन्दर्यीकरणको काम शुरु भएको र अगामी आर्थिक वर्षमा प्रदेश भित्रका अन्य धार्मिक स्थलहरुको सौन्दर्यीकरणको काम शुरु गरिने जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्या देवी भण्डारीले प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।
प्रतिक्रिया