जनकपुरधाम, ७ जेठ । मुख्यमन्त्री लालबाबु राउतले सोच भए शौचालय बन्ने तर्क गरेका छ ।
जनकपुरधाममा आज आयोजित खुला दिशामुक्त अभियान सम्बन्धी कार्यशालामा बोल्दै धनुषा र महोत्तरी जिल्लालाई खुला दिशामुक्त अभियानमा सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताको लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गर्न तयार छ, उहा"ले भन्नुभयो–तपाईहरूले निर्माण गर्नुपर्ने स्थानवारे जानकारी गराउनुस् ।धनुषा र महोत्तरी जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूको कार्यशालामा उहा"ले प्रदेशलाई खुला दिशामुक्त घोषणा गराउन अघि बढनको लागि आग्रह गर्नुभयो ।
सम्पूर्ण प्रदेशबासीको महŒवपूर्ण अभिभारा खुला दिशामुक्त एवम् स्वच्छ बनाऔ, गाउ" शहर सारा भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश २ ले आयोजना गरेको कार्यशालामा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियान अन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरूमा शौचालय निर्माण गर्न लागेको बताउनुभयो ।
धनुषा र महोत्तरीका पालिका प्रमुखहरूले आउ"दो असार १५ सम्म आफनो पालिकालाई खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । धनुषाको ९५ र महोत्तरीको ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण कार्य भइसकेको तथ्यांकहरूले देखाएको छ ।
प्रतिक्रिया