वीरगंज, २३ वैशाख । ५ औं अन्तर्राष्ट्रिय सडक सुरक्षा दिवस अन्र्तगत वीरगञ्जमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्साले प्याब्सन एनप्याब्सनस"गको समन्वयमा वीरगञ्जको घण्टाघर स्थित विपी उद्यान पार्कमा सचेतनामुलक कार्यक्रम गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत दिवसको अवसरमा 'दुर्घटना घटाऔं, मान्छे बचाऔं ।' भन्ने नाराका सात दिनसम्म सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने जिल्ल ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए ।
प्रहरी उपरीक्षक रेवती ढकालले मानिसको पहिलो आवश्यकता भौतिक सुरक्षा भएको बताए ।
कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका निर्देशक प्राध्यापक डा. दिपक शाक्य, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, दिलीप राज कार्की लगायतले सडकमा हिड्दा, सवारी चलाउ"दा जिम्मेवार नागरिकको रूपमा प्रस्तुत हुन आग्रह गरे ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पर्चा पम्पलेट वितरण गर्ने, सडक फर्निचर राख्ने, चालक सह चालकहरूलाई ट्राफिक नियमका वारेमा जानकारी दिने, सडक प्रयोगकर्ताहरूलाई सचेतनामुलक कक्षा सञ्चालन गर्ने, स्कुल तथा कलेजहरूमा गई विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षाका वारेमा कक्षा सञ्चालन गर्ने लगायतका कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंहले जानकारी दिए ।
पर्सा जिल्लामा राजमार्ग क्षेत्र बाहेकमा आर्थिक वर्ष ०७३÷७४ मा २५, ०७४÷७५ मा ३० जना र ०७५÷७६ मा १६ जनाको मृत्यु भईसकेको तथ्याङक ट्राफिक प्रहरीको छ । सयौं घाइते भएका छन् ।
प्रतिक्रिया