वीरगंज, ४ जेठ ।
गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसरमा आज वीरगंजमा गौतम बुद्ध जन्म जयन्ती मूल समारोह समितिले प्रभातफेरि निकालेको छ ।
घण्टाघरबाट निकालिएको र्यालीले नगर परिक्रमा गरी भिस्वा चैत्य गुम्बामा पुगेर धार्मिक सभामा परिणत भएको थियो । भिस्वा गुम्बामा आज दिनभरि बुद्ध जयन्तीको अवसरमा पूजा आराधना तथा प्रवचन कार्यक्रम सञ्चालन भएको थियो । बुद्ध जयन्ती मूल समारोह समितिका अध्यक्ष रामबहादुर लामाको अध्यक्ष्ँतामा कार्यक्रम भएको थियो ।
यसैबीच बुद्ध जयन्तीको अवसरमा पर्साको ठोरी, सुवर्णपुर, निर्मलवस्ती, विजयवस्तीलगायतको स्थानमा धार्मिक अनुष्ठान तथा प्रवचन कार्यक्रम भएको थियो ।
त्यस्तै सत्य साई केन्द्र वीरगंजले आज बुद्ध जयन्तीको अवसरमा भिस्वामा रहेको बौद्ध विहारमा आउने श्रद्धालुहरुलाई सर्वत पानी खुवाएको थियो । केन्द्रकी अध्यक्ष्ँ दुर्गा थापाको नेतृत्वमा केन्द्रका सदस्यहरुले सहभागीहरुलाई सर्वत पानी वितरण गरेको मन्जु देवीले बताइन् । कार्यक्रममा मोहन थापा, केशव थापा, रतनलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया