वीरगञ्ज- सरकारले प्रस्तुत गरेको बजेटमा वीरगञ्जको नारायणी अस्पतालसहित देशभरिका ५ वटा अस्पतालहरुको स्तरोन्नित गर्नको लागि बजेट छुटयाएको छ।
बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेअनुसार आर्थिक बर्ष २०७६/७७ को बजेटमा बिरगञ्जको नारयणी अस्पतालसहित देशभरिका ५ वटा अस्पतालहरुको स्तरोन्नितको लागि रु १ अर्ब बजेट छुटयाइएको हो।
देशका सबै प्रदेशका कम्तीमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुरुप बिरगञ्जमा रहेको नारायणी अस्पताल, कोशी अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गर्न रु १ अर्ब विनियोजन गरिएको हो।
वि.स. १९४९ सालमा स्थापना भएको नारायणी अस्पतालमा प्रदेश नम्बर २ को पर्सा,बारा, रौतहट लगायत छिमेकी भारत बिहार राज्यका बिरामीहरु पनि स्वास्थय सेवा लिन आउने गरेका छन्।
यस्तै प्रदेश नम्बर २ को राजविराजमा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न रु ४० करोड विनियोजन गरिएको छ।
प्रतिक्रिया