वीरगंज, ३ जेठ । नेपाल पत्रकार महासंघ पर्साले शुक्रवार प्रस्तावित सञ्चार विरोधी विधेयक खारेज र एभिन्युज वीरगंज कार्यालयमा तोडफोड गर्नेलाई कारबाईको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जराको नेतुत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएको पर्सेली पत्रकारहरूले प्रेस स्वतन्त्रताको ग्यारेन्टी र एभिन्युज टेलीभिजन व्युरो वीरगंज कार्यालयमा तोडफोड गरेको समूहलाई अबिलम्ब पक्राउ गर्नको लागि धर्ना दिएको छ ।
विरोध प्रदर्शनमा प्रदेश अध्यक्ष दिपेन्द्र चौहानलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया