वीरगंज, ३ जेठ ।
पर्साको जीराभवानी गाउ"पालिका–२ महादेवपट्टि बलुवाटोल निवासी शेख शेराजुलले आफनै भाइलाई गोली हानी घाइते बनाएको छ ।
भरुवा बन्दूकबाट घाइते शेख फारुकलाई घाइते अवस्थामा नारायणी अस्पताल वीरगंजमा भर्ना गराइएको छ ।
गोली हान्ने शेख शेराजुललाई गाउ"लेले समाती प्रहरी चौकी महादेवपट्टिको जिम्मा लगाएको समाचारमा जनाइएको छ ।
इप्रका पटेर्वासुगौलीले बताए अनुसार दुवै दाजुभाइबीच आपसी मतभेद रहेकोले सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घाइतेको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी भारतीय नागरिकले वीरगंजको नगवामा झुन्डिएर आत्महत्या गरेका छन् । भारत, सीतामढी घर भई हाल नगवाका रजनीकान्त झाको घरमा डेरा गरी बस्ने ४० वर्षीय सञ्जय झाले पंखामा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनले मदिरा सेवन गरेका थिए ।
प्रतिक्रिया