वीरगन्ज । संधीयारले हानेको फरुवाबाट सख्त घाइते रत्न माझीको मृत्यु भएको छ । जग्गा विवादमा संधीयार ध्रुव माझीले फरुवाले हान्दा सख्त घाइते रत्न माझीको बुधबार उपचारको क्रममा वीरगन्जको नारायणी अस्पतलामा निधन भएको हो ।
मृत्यु हुने वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बदननगरका ५५ बर्षीय रत्न माझी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए । मंगलबार दिउँसो उनीहरुबीच जग्गाको बिषयमा विवाद हुँदा २ः३० बजेतिर ३२ बर्षीय ध्रुव माझीले रत्नको टाउकोमा फरुवाले हान्दा उनी सख्त घाइते भएका थिए । गम्भिर चोट लागी घाइते रत्नको वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयरमा उपचार हुन नसकेपछि वीरगन्जको नारायणी अस्पतालमा थप उपचार क्रममा ल्याइएकोमा मृत्यु भएको उनको भनाइ छ ।
मृतक माझीको बुधबार दिउँसो पोष्ट मार्टमको भएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए । फरुवाले टाउकोमा प्रहार गरी मृत्युको मुखमा पु¥याउने ध्रुव माझीलाई भने जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिएका माझीलाई ज्यान सम्बन्धी मुद्दामा थप कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरी उपरिक्षक ढकालले बताए ।
प्रतिक्रिया