वीरगंज, ४ जेठ ।
प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले बाराको महागढीमाई नगरपालिका–१ मा निर्माण गर्न लागिएको विवाह मण्डप भवनको आज एक समारोहबीच शिलान्यास गरेका छन् ।
महागढीमाई नपा–१ स्थित गढीमाई महेन्द्र माविको दक्षिणपटी रहेको ६ कठ्ठा जग्गामा आधुनिक विवाह मण्डप भवनको मन्त्री सोनलले उदघाटन गरेका हुन् । प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रु ७ करोड ६५ लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गर्दै मन्त्री सोनलले गढीमाई क्ष्ँेत्रमा विवाह गर्न आउनेहरुको आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक विवाह मण्डप भवनको निर्माण गर्न लागिएको बताए । गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साहको अध्यक्ष्ँतामा कार्यक्रममा प्रदेशसभा सदस्य महम्मद सगिर, पारस साह, जिल्ला समन्वय समिति, बाराका संयोजक नवलकिशोर सिंहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया