वीरगंज, ७ जेठ ।
पर्साको सुदूरपश्चिम ठोरी गाउ"पालिका बासिन्दाले सोमवार देखि सीमावर्ती भारतीय बजार भिखनाठोरीमा किनमेल गर्न बन्द गरेका छन।
किनमेल गर्न भारतीय बजारमा गएका ठोरीबासीलाई विहीवार कुटपिट गर्ने भारतीय युवकलाई पारिका प्रहरीले हालसम्म पक्राउ नगरेको गुनासो गर्दै बजार बहिष्कार गरेका हुन।
नेपालीलाई कुटपिट गर्ने भारतीय युवकलाई पक्राउ गरी कारबाई नगरेसम्म ठोरीबासी आक्रोशित हु"दै सीमावर्ती बजारलाई बहिष्कार गरेको स्थानीय रामशरण लामिछानेले बताए। बिहीवार सा"झ भिखनाठोरीमा छ जनाजति ठोरीबासीलाई भारतीयले कुटपिट गरेका थिए।
ठोरी १ टाउनका विष्णु बिष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएपछि उनलाई शुक्रवार उपचारार्थ नारायणघाट पठाइएको छ। भारतीयले ठोरी इच्छानगरका १२र१३ वर्ष उमेर समूहका ३ बालिका, सुन्दरवस्तीका अन्य २ जनालाई समेत कुटपिट गरेका थिए।
स्थानीय प्रकाश खनालले बिहीवार भारतीय बजार भिखना ठोरीमा हाट बजार लाग्ने गरेको र त्यसदिन धेरै नेपाली किनमेलका लागि त्यहा पुग्ने गरेकाले धेरै नेपाली कुटिएको बताए।
इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदार पन्तले बिहीवार भारतीय नागरिक रवि साहले ठोरीको वनशक्ति मन्दिर नजिक आएर स्थानीय एक वृद्धा महिलालाई अपशब्द प्रयोग गरी जबर्जस्ती उनको वारीको बाटो भएर केही भारतीयलाई नजिकको झोलु·े पुलतर्फ पठाउन खोजेपछि विवाद भएको बताए।मादक पदार्थ सेवन गरेका रवीले जग्गा धनी ती वृद्धालाई तथानाम भनेर हप्कीदप्की गरिरहेको देखेका चितवन माडी बसन्तपुर–३ का युवा सूर्य भन्ने ३३ वर्षीय ओम बहादुर गुरूङले साहलाई दुई थप्पड हिर्काएका थिए।
सुभद्रा थानाका सव इनसपेक्टर धननजय कुमारले साहलाई अविलम्ब पक्राउ गरेर कारबाई गर्ने प्रतिबद्धता जनाएका थिए। सोमवार नेपालीले भारतीय बजार बहिष्कार गरेको कुरोको जानकारी आफूले सोमवार नै भिखना ठोरीका भारतीय सुरक्षा फौज एसएसबीका प्रमुख मनभिन्दर सिंहलाई समेत जानकारी गराइसकेको प्रनि पन्तले बताए।

प्रतिक्रिया