त्रिलोकीनाथ यादव, बारा, २१ वैशाख ।
बाराको पचरौता नपाको बेनौली वडा नं. ७ मा हावाहुरीबाट प्रभावितहरुको घरको शिलान्यास संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबू पंडितले शनिवार बिहान गरेका छन् ।
कार्यक्रममा पचरौता नपाका नगरप्रमुख रमेशकुमार यादव, वडा नं. १ का अध्यक्ष जगतनारायण, वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादव, २ का अध्यक्ष मनोज कुमार यादव, पूर्व जिल्ला सभापति छठुप्रसाद यादव, राम एकबाल यादवलगायतको उपस्थिति थियो । केन्द्रबाट कुनै किसिमको घर निर्माणमा ढिलाई नहुने र वर्षा याम अगावै सबै घरहरु निर्माण हुने मन्त्री पंडितले बताए ।
प्रतिक्रिया