वीरगंज, १६ जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउने क्रममा रजतजयन्ती चोकबाट चितवन खैरहनी न.पा.–१ ज्यामिरे बस्ने अ.वर्ष २२ को श्रीकृष्ण दराईलाई लागूऔषधसहित बुधवार पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट नाईट्रोभेट–२२५ पिस (१५ पत्ता), नाईट्रोजम–४०–पिस (४ पत्ता) फेला परेकोले आवश्यक अनुसन्धानको लागि जिप्रकामा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया