त्रिलोकीनाथ यादव
वीरगंज, ७ जेठ । डाक्टरको लापरवाहीले १८ महिने बालक सुजीतकुमारको मृत्यु भएको छ ।
पर्साको बहुदरामाई नगरापलिका वडा नं. १ विश्रामपुर शिवटोला निवासी १८ महिने बालक सुजीत कुमारलाई उनका परिवारले डा. किशोर साहको बिर्तामा रहेको निजी क्लिनिकमा चेकजा"च गारएका थिए । डाक्टर साहको सल्लाह अनुसार थप उपचारका लागि शनिवार ३ बजे गण्डक अस्प्ताल भर्ना गराइएको थियो । शनिवार सामान्य डायरिया भएको बालकको आइतवार स्वास्थ्य अवस्था ठीक रहेको र सोमवार डिस्चार्ज गर्ने डाक्टरले बताएका थिए । तर आइतवार ५ बजे लोड गरिराखेको इन्जेक्शन सोमवार दिएको हुनाले इन्जेक्शनको रियाक्शन भएर बालकको मृत्यु भएको मृतकका बुबा श्रीराम महतो कोइरीले बताए ।
यस विषयमा डा. किशोर साहसंग प्रतिक्रिया लिन खोज्दा उनकोमोबाइल स्विच अफ रहेको थियो । उता पीडित परिवारले उचित छानबिन गरी दोषीमाथि कारबाई हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया