बारा । पत्रकार र साहित्यकारहरूको संयुक्त प्रयासमा आँधीबाट प्रभावित बाराको एक दलित बस्तीमा खानेपानी धारा निर्माण गरिएको छ । पीडितलाई राहातस्वरूप जिल्लाको सुवर्ण गाउँपालिका वडा न.४ हर्दिया स्थित ६४ घरधुरी रहेको दलित बस्तीमा दुई वटा पानीका धारा निमार्ण गरेको हो ।
गत चैत्र १७ गते आएको बिनासकारी आँधीबाट प्रभावित उक्त दलित बस्तीमा स्थलगत रिर्पाेटिड्ढा क्रममा ६४ परिवारले एउटै पानीको धारा प्रयोग गरिरहेको पाइएको थियो । उक्त बस्तीमा खानेपानीको चर्काे अभाव देखिएपछि स्थानीय र स्थानीय जनप्रतिनिधीसंग छलफलगरी खानेपानीका धाराहरू निमार्ण गरिएको पत्रकार केपी अनमोलले जानकारी दिए ।
धारा निर्माणका लागि साहित्यप्रेमी तथा पत्रकार समर प्रकाश, बासुपुष्पा अधिकारी, पवन लामिछाने, लेख कार्की, दिप दर्शन, संजय, अहमद साहिल, राजमार्ग, दिनेश खप्तडी, दिपकराज बंजाडे, आगन्तुक अच्युत, कमल पौडेल, सागर बस्याल, राज अविरल, बरूण रिजाल, कर्ण बोगटी, सुनिता बस्नेत, कमल संघर्ष, केपी अनमोल र न्यु भिजन तथा सिर्जनशिल युवा क्लव अछामबाट रू. ६० हजार एक सय रकम संकलित गरिएको गजलकार तथा पत्रकार कमल संघर्षले बताए ।
प्रतिक्रिया