वीरगंज, २४ वैशाख । मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरू भएको छ । हिजरी पात्रोअनुसार नवौ" महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
सोमवार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरू गरिएको हो । हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्रो हो । हिजरी पात्रोअनुसार नवौ" महीनाको नाम रमदान हो । महीनाकै नामबाट मनाउन शुरू गरिएको यो पर्वलाई हाल रमजान पनि भनिन्छ ।
रमदान महीनाभर मुस्लिम समुदायका मानिस बिहान सूर्याेदयअघि नै खाना खाई बेलुकी सूर्यास्तपछि मात्र खाना खान्छन् ।
सूर्याेदयपछि सूर्यास्तसम्म खाना खान नहुने मुस्लिम धर्मशास्त्रीय मान्यता छ ।
यसरी व्रत बसेका मानिसले महीनाभर नमाज, कुरानलगायत धार्मिक ग्रन्थ पाठ गर्छन् । गरीब, दीनदुःखीलाई दान गर्छन् ।
हिजरी पात्रोअनुसार महिना प्रायः २९ वा ३० दिनका हुन्छन् । यो महीनाको २९ औ" दिन बेलुकी चन्द्रमा देखियो भने ३० औ" दिन इद पर्व पर्छ । ३० औ" दिन बेलुकी चन्द्रमा नदेखिए पनि ३१औ" दिन अर्काे महीना शुरू हुने भएकाले इद पर्व मनाइनछ ।
यस पर्वका अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद, मदरसालगायत धार्मिक स्थलमा पूजा पाठ गरिन्छ । नेपालमा २०६८ को जनगणनाअनुसार १२ लाख मुस्लिम छन् । मुस्लिम समुदाय ७७ वटै जिल्लामा फैलिएको राष्ट्रिय मुस्लिम आयोगले जनाएको छ ।

प्रतिक्रिया