२०७६, २ जेष्ठ बिहीबार १३:४०
समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम र समाजवादी युवा फोरमले झुटा मुद्दा नलगाउन भन्दै ज्ञापन पत्र बुझाएको छ।
वीरगञ्जस्थित कार्यालय तोडफोडमा संग्लन भएको भन्दै एभिन्युन टेलिभिजनले तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वीरगन्ज महानगरपालिका १३ का वडाध्यक्ष तुफान अन्सारी, कार्यकर्ता निखिल वर्णवाल, दीपराज वर्मा, विशाल कुमार तथा नुर आलम विरुद्ध मुद्दा दायर गरेको थियो।
समाजवादी विद्यार्थी फोरम र समाजवादी युवा फोरमले घटनामा संलग्न नभएको नाममा किटानी जाहेरी दायर गरिएको भन्दै मुद्दा नचलाउन ज्ञापन पत्र बुझाएको हो।
वर्तमान सरकारका उपप्रधान एंव स्वाथ्यमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अन्तर्वार्ताको विषयलाई लिएर एभिन्युन टेलिभिजनको कार्यालयमा तोडफोड भएको थियो।
'घटनामा संलग्न नभएका, घटनाबारे बुझ्न गएकाको नाममा समेत एभिन्युजले मुद्दा दायर गरेको छ। त्यसरी हाम्रा कार्यकर्तालाई मुद्दा चलाइए हामी थप कदम चाल्न बाध्य हुने छौँ।' उक्त पार्टीका एक नेताले भने।
प्रतिक्रिया