बारा, २३ वैशाख ।
इलाका प्रहरी कार्यालय कोल्हबीले २ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा बरामद गरिएको अवैध घरेलु मदिरा सोमवार कोल्हबी नगरपालीकाका प्रमुख भरत भण्डारीकै उपस्थितिमा नष्ट गरिएको हो ।
घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग गरिने १ हजार ५ सय लिटर कच्चा पदार्थ सहित कोल्हबीको कार्गाेल स्थित खाल्डोमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्ष्Fक प्रहरी प्रमुख पुष्कर बोगटीले जानकारी दिए ।
मदिरा नष्ट गर्ने कार्यक्रममा उपस्थित भएका कोल्हबी नगरपालीकाका प्रमुख भण्डारीले घरेलु मदिरा रहित नगर बनाउने अभियान स्वरूप अगाडी बढेको जानकारी दिए ।
नगरपालिकाका प्रमुख कार्यकारी प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, इलाका प्रशासन कार्यालयका प्रतिनिधि मधुरेश कुमार साह, शसस्त्र बेश क्याम्प कोल्हबीका प्रमुख राजकुमार जर्गा मगर, बारा उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबीका अध्यक्ष महेश कुमार साह लगायतको उपस्थितिमा सो घरेलु मदिरा नष्ट गरिएको हो ।
प्रतिक्रिया