२०७६ जेठ २ बिहीबार ११:१२:००
काठमाडौं । सर्लाहीमा २१० किलोग्राम गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–७ का सनोजराज घिमिरे र पर्सा वीरगञ्ज महानगरपालिका–१८घर भई लालबन्दी नगरपालिका–७ बस्दै आएका २२ वर्षीय सिधु सिंह रहेका छन् ।
लालबन्दी नगरपालिका–६ स्थित संगम लामाको घरमा लागु औषध गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी घरको ताला फुटाई खानतलासी ६० किलोग्राम गाँजा भेटिएको थियो । ६० किलोग्राम गाँजा बरामद भएपछि लालबन्दी नगरपालिका–७ हस्पिटल छेउमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको भारतीय टाटा कम्पनीको बीआर ३० प १४५८ नम्बरको गाडीमा समेत १५० किलो ग्राम लागु औषध गाँजा बरामद गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुले सर्लाही लालबन्दी नगरपालिका आसपासको क्षेत्रबाट लागु औषधको बिक्री तथा ओसारपसार गरी भारतीय तथा स्थानीय मानिसहरुको मागअनुसार पोका बनाई बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पालले बताए ।
प्रतिक्रिया