वीरगंज,२७ चैत्र ।
संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले खेलकुद क्षेत्रले समाज र देशलाई जोडी राख्न अहम भुमीका निर्वाह गरेको बताउनु भएको छ ।
वीरगंजको नारायणी रंगशालाको क्रिकेट मैदानमा आज देखी सुरु भएको दोस्रो वीरगंज च्याम्पियन टी २० लिग क्रिकेट टुनामेन्ट २०७५ प्रतियोगीताको ब्याटींग गरेर खेलको उदघाटन गर्दै सांसद यादवले देशमा भाषा,धर्म, समुदाय र जातजातीको विचमा विभेद भइरहेका बेला खेल जगतले समाज र देशलाई जोडने एउटा मजबुत कडीको रुपमा काम गरि रहेको बताउनु भयो । खेल जगत एक क्षणको मनोरञ्जन होइन, ुयस्ले समाज र देशलाई नै जोडने काम गर्दछ, त्यसकारण यस्को विकाशमा सबैको सहयोग आवश्यक रहेको सांसद यादवले जोड दिनु भयो । वीरगंजका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देशको नाम विश्वमा पहिचान गराउन राम्रो प्रदर्शन तथा कैयौ सिरीजहरु समेत जितेको उदाहरण सुनाउदै सांसद यादवले खेलाडीहरुको मनोबल उच्च राख्न राज्यले खेल जगतलाई विषेश प्राथामीक्ता राखेर सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,प्रहलाद गिरी,वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र पटेल,वडा नम्बर १२ का वडा अध्यक्ष रामदरश कुशवाहा, पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी,संघिय समाजवादी फोरम नेपालका महानगर अध्यक्ष इश्वर यादव,समाजवादी विधार्थी फोरमका सुजित गिरी,कार्यक्रम संयोजक मुर्तुजा हवारी लगाएतको उपस्तीथी रहेको थियो । आजको पहिलो खेल नेपाल प्रहरी भर्सेस भारतको बेतिया विच हुदै छ । चैत्र ३० गते सम्म चल्ने क्रिकेट टुनामेन्टमा नेपाल र भारतका गरी ८ वटा टिम सहभागी हुने भएको छ । कार्यक्रममा स्वागत मन्तव्य युनाइटेड क्रिकेट क्लबका सचिव घन्श्याम गुप्ताले गरेका थिए भने कार्यक्रम संचालन राजुल हवारीले गरेका थिए । उदघाटन कार्यक्रम युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासीम हवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया