सुनिता यादव।
वीरगञ्ज– दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ डाक्टर सचितानन्द यादव पुर्पक्षका लागि जेल चलान भएका छन्।
श्रीमती सुनिता यादवको हत्याको आरोप लागेका डा. यादवलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि जेल चलान गरेको हो। जिल्ला अदालत पर्साका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले डा. यादवलाई जेल चलान गर्न आदेश दिएको हो। डा. यादवलाई अदालतको आदेशमा सोमबार साँझ नै जेल चलान गरिएको प्रहरीले जनाएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. यादवको कुटपिटबाट गम्भिर घाईते भएकी सुनिताको गत चैत्र १५ गते उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो।
माइतीले दाइजो स्वरुप घर, गाडी नदिएको भन्दै डा. यादवले श्रीमती सुनितालाई बारम्बार कुटपिट गर्दै चरम शारीरिक यातना दिँदै आएका थिए। सुनिताका माइती पक्षले डा. यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया