जनकपुरधाम, ५ बैशाख । बारा र पर्साको हावाहुरी पीडितलाई झापाको शिवसताक्षी नगरपालिकाले पाँच लाख सहयोग गरेको छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र कुमार शेर्मा लिम्बु नेतृत्वको टोलीले उक्त रकम बराबरको चेक आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभएको छ ।
चेक बुभ्mदै मुख्यमन्त्री राउतले प्राकृतिक विपद्बाट प्रभावित बारा र पर्साका बासीन्दालाई सहयोग गरेकोमा नगर प्रमुख लिम्बुसहित टोलीमा धन्यवाद ज्ञापन गर्नुभयो ।
चेक बुझाउँदै नगर प्रमुख लिम्बुले प्रदेश २ को बारा र पर्सा जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई सहयोगको लागि जनकपुर आइपुगेको बताउनुभयो ।
सो अवसरमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर अधिकारी, शाखा अधिकृत डिल्ली नेपाल, वडा नं. २ का वडा अध्यक्ष कुल बहादुर बस्नेत, जग्गाधनी दर्ता प्रमाण पुर्जा समिति झापाका अध्यक्ष राधाकृष्ण खनाल लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया