वीरगंज, ४ वैशाख ।
नारायणी अस्पतालमा भइरहेको अनियमितताको छानबिन गर्न राष्ट्रिय विद्यार्थी संघ पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
राजपाका महासचिव रजेशमान सिंह, जिल्ला अध्यक्ष प्रेमबाबू पटेल, सचिव उमेशलाल सहनी, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष्F मधुसुदन चौरसियालगायतको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउंदै नारायणी अस्पतालमा भइरहेको अनियमितताको छानबिन गर्न माग गरेका छन् ।
प्रतिक्रिया