वीरगंज, ५ वैशाख । जिल्ला प्रशासन कार्यालय, पर्सामा सञ्चारकर्मीले धर्ना दिएका छन् ।
अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरूद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरूले त्यसको विरोधस्वरूप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीवार बिहान धर्ना दिएका हुन् ।
नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष्F श्याम बन्जाराको अगुवाईमा सञ्चारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरूको छ ।
ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमवार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।
उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलवार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।
प्रतिक्रिया