वीरगंज, २० चैत । गएको आइतवार बारा र पर्सामा आएको आँधीबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । गृह मन्त्रालयले केही बेरअघि जनाएअनुसार विपत्तिमा परेका बाराका किशोर १४ लक्ष्मण पासवानको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
यो घटनासँगै बाराका २८ र पर्साका १ सहित आँधीबेहरीमा २९ जनाको मृत्यु भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया