Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

असारदेखि पाइपलाइनबाटै तेल

SHARE: 520

   २०७६ बैशाख १० मंगलबार

सिमरा : असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ ।

भारतीय सिमानादेखि अमलेखगन्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको मोतीहारी–अमलेखगन्ज परियोजना कार्यालयका प्रमुखसमेत रहेका अमलेखगन्ज आयल निगमका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।

अहिलेसम्म ५ किलोमिटर पाइपलाइन मात्र गाड्न बाँकी छ । वैशाख महिनाभित्र पाइपलाइन गाड्ने काम सकिने उनले बताए । 'जेठ महिना टेस्टिङ गर्नमै लाग्छ,' उनले भने, 'असारबाट पाइपलाइनबाटै तेल भित्रिन्छ ।' अहिले भइरहेको कामको गतिअनुसार असारबाटै तेल भित्रिने अनुमान गरिएको यादवले जानकारी दिए । उनका अनुसार अबको १५ दिनभित्र रूख काटेर रुट क्लियर गरिनेछ ।

वैशाखभित्र पाइप गाड्ने काम पूरा हुनेछ । रूख कटानसँगै पाइपलाइन वेल्डिङ गर्ने र गाड्ने काम पनि भइरहेको मोतीहारी–अमलेखगन्ज परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताए ।

वन क्षेत्र भएकै कारण पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम ३ महिना पछाडि धकेलिएको परियोजनाका अधिकारीले बताए । संघीय सरकारको मन्त्रिपरिषद्ले गत माघ ३ गतेको बैठकको निर्णयअनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रूख काटेर पेट्रोलियम पाइपलाइन गाड्ने अनुमति दिएको थियो ।

अनुमति पाएपछि परियोजनाका अधिकारीले अमलेखगन्ज आयल निगमभन्दा दक्षिण क्षेत्रको झाडी सफा गरेर १० दिनदेखि पाइपलाइन गाड्ने काम सुरु गरेका थिए । त्यही क्रममा पुरानो ठेकेदारले ठेक्का लिन पेस गरेको कागजात फर्जी देखिएपछि उक्त ठेक्का दोस्रो ठेकेदारले पाएका थिए ।उनले पनि प्रक्रिया पूरा गरेर काम सुरुगर्दा अझ केही दिन ढिलो हुन गएको जानकारी दिए ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोले जनाएको छ । ३२ दशमलव २० किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर पाइपलाइन नेपाली क्षेत्रमा पर्छ । भारतको रक्सौलदेखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम वैशाखअगाडि नै सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रबाहिरको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्नभइसकेको छ ।

पथलैयादेखि अमलेखगन्जसम्मको निकुञ्ज क्षेत्रको पाइपलाइन गाड्ने रुटबाट ८ वटा ब्लक मार्फत ६ हजार ५ सय ६३ वटा रूख तथा पोल काटिंदै छ । यस्तै उक्त रुटबाट ८१ हजार ६ सय पोथ्राहरूको कटान, मुछान, ढुवान, पाइलिङ, घाटगद्दी, जरा उखेल्नेलगायतका काम भइरहेको बीआर सप्लायर्सका सञ्चालक विदुरकुमार विष्टले जानकारी दिए ।

निकुञ्ज कार्यालयबाट खटिएका कर्मचारीको रोहवरमा टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाको आदेशअनुसार ठेकेदारले रूख कटान, मुछान गर्ने काम सुरु गरेका हुन् । ८ वटै ब्लकबाट काटिएको रूखबाट ५२ हजार १ सय २४ दशमलव २४ क्युफिट काठ र १ सय ८८ दशमलव ८६ चट्टा दाउरा संकलन हुने अनुमान टिम्बर कर्पोरेसनले गरेको छ ।
निकुञ्ज क्षेत्रमा पाइप गाडिएपछि बरौनी–पटना–कानपुर पाइपलाइनमध्ये पटनाबाट सिधै तेलका लागि यहाँको पाइपलाइन जडान गरिने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ ।

तेल भण्डारण गर्न यसअघि अमलेखगन्ज डिपोमा रहेको ४ वटा पुराना ट्यांकीलाई भारतीय ठेकेदार मार्फत मर्मत कार्य अन्तिम चरणमा पुगेको छ, जसमध्ये यसअघि नै २ वटा ट्यांकीको मर्मत कार्य सम्पन्न भइसकेको परियोजना कार्यालयले जनाएको छ ।पहिलो चरणमा १६ हजार किलोलिटर तेल भण्डारण गर्न सक्ने पूर्वाधार तयार गरिएको छ ।

तेल भण्डारण गर्न थप ६/७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको छ । अहिले दैनिक २ सय ट्यांकर रक्सौलस्थित डिपोबाट इन्धन भर्छन् । वैशाखदेखि इन्धन भर्न रक्सौल पुग्नुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: असारदेखि पाइपलाइनबाटै तेल
असारदेखि पाइपलाइनबाटै तेल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3TKu8XjwcJhia2iDt0VznHvxv86Gqw8YduaPnJwjEXx_B6pOFGymebc-4hKDkugzza5QQnMdxQUIH0wX6aZslaZn0A1kxFMky74PwWk4o8S5K4DmtGcG033_oibvy-4VJPMDCwBnNQKCh/s320/974937081pipeline-710476.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3TKu8XjwcJhia2iDt0VznHvxv86Gqw8YduaPnJwjEXx_B6pOFGymebc-4hKDkugzza5QQnMdxQUIH0wX6aZslaZn0A1kxFMky74PwWk4o8S5K4DmtGcG033_oibvy-4VJPMDCwBnNQKCh/s72-c/974937081pipeline-710476.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/04/blog-post_3.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/04/blog-post_3.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content