पर्सा, वैशाख १५ गते । पर्सा जिराभवानी गाउँपालिका- १ बलुवा नजिकबाट प्रतिबन्धित लागूऔषध करिव १ किलो ५ सय ग्राम गाँजा सहित भारतीय नागरीक ६० बर्षीय कलिम ठाकुरलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महादेवपट्टी, पर्साबाट खटिएको प्रहरी टोलीले पदैलरुपमा भारत तर्फ जादै गरेका ठाकुरलाई शंका लागि चेकजाँच गर्दा झोलामा लुकाई राखेको उक्त परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा सहित फेला पारी नियन्त्रणमा लिएको हो।
त्यसै गरी वीरगंज महानगरपालिका-१२ स्थित मुर्ली पोखरीबाट करिव ६ किलो ५०० ग्राम अवैध लागूऔषध चरेश शनिवार प्रहरीले वरामद गरेको छ । स्थानिय बालकहरू पोखरीमा नुहाउने क्रममा प्लास्टिकमा पोको पारी लुकाई राखेको चरेश फेला पारी प्रहरीलाई जानकारी गराए पश्चात वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको अवैध लागूऔषध चरेश बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया