बारा ५ बैसाख । नेत्रबिक्रम चन्द 'बिप्लव' नेतृत्वको नेकपाले घोषणा गरेको बन्दका कारण प्रदेश २ का बिभिन्न जिल्लाको जनजीवन प्रभाबित भएको छ ।
बिहिवार बिहानैदेखि प्रदेश २ का जिल्लाहरूबाट बाराको पथलैया हुँदै बाहिरिने लामो दुरीका सवारीसाधनहरू ठप्प रहेको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रबक्ता, ट्राफिक प्रहरी निरीक्ष्Fक रिपेन्द्र सिंहले जानकारी दिए ।
लामो दूरीका सवारीहरू सडकमा देखिएका छैनन् । त्यसबाहेक मालबहाक सवारीहरू, अन्य छोटो दूरीका सार्वजनिक सवारीहरू छिटफुट देखिएपनी चहलपहल कम छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रह्री उपरीक्षक सानुराम भट्टराईले बन्दका बेला हुनसक्ने अवाञ्छित गतिबिधिलाई मध्यनजर गर्दै जिल्लाका राजमार्गहरूमा बिशेष सुरक्षा व्यवस्था अपनाइएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न स्थानमा प्रहरकिो मोबाईल टोली खटाएको जानकारी दिँदै उनले भने, असुरक्षित महसुस गरेर सवारी नचलाउनुपर्ने अवस्था बारामा छैन ।' बिशेष सुरक्षा ब्यवस्था मिलाईएकाले चालकहरूलाई ढुक्क भएर सवारी चलाउन समेत प्रहर िउपरीक्षक भट्टराईले आग्रह गरे ।
प्रतिक्रिया