२०७६/०१/१२ गते,बिहिवार ।
बिरगंज ।
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्युबाट आन्तरिक राजस्व कार्यालय बिरगंजको नवनिर्मित कार्यालय भवनको समुदघाटन सु-सम्पन्न भएको थियो ।अर्थमन्त्री खतिवडाले पानसमा बत्ती बालेर कार्यक्रमको सुभारम्भ गर्नु भएको हो। आन्तरिक राजस्व कार्यालय बिरगंजका कार्यालय प्रमुख गोपिकृण कोईरालाले स्वागत मन्तव्य राख्नु भएको थियो ।उदघाटन कार्यक्रममा बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगी ,पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई, बिरगंज उद्योग बाणिज्य सघका अध्यक्ष गोपाल केडिया , बरिस्ठ उपाध्यक्ष सुबोध गुफा ,नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह ,सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडका लगायतकाको सभागिता रहेको थियो ।
प्रतिक्रिया