२०७६ बैशाख ११ बुधबार
वीरगन्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको टोलीले छापा मारेको छ । अस्पतालमा औषधि र मेशिन खरिदमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा आउन थालेपछि आयोगको कार्यालय हेटौँडाले बुधबार छापा मारेको हो ।
आयोगका सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा अख्तियारको टोलीले अस्पतालमा पुगेर अस्पतालका प्रमुख एनामुल हकलगायत कर्मचारीसँग सोधपुछ गरेको थियो ।
प्रतिक्रिया