वीरगञ्ज- बिरगञ्जमा पार्किङ गरेर राखिएको दुइ वटा बसमा अज्ञात समूहले आगजनी गर्दा दुवै बस जलेर नष्ट भएको छ।
सोमबार राति ९ बजेको समयमा बिरगञ्ज १५ बाईपास रोडमा पार्किङ गरेर राखिएको ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरको बस जलेर क्षतिग्रस्त भएको हो।
बाईपास रोडमा रहेको भिष्वा होटेलको अगाडि १र२ महिना अघि देखि रोकेर राखिएको अज्ञात समुहले आगलागि गर्दा बस पूर्ण रुपमा जलेर नष्ट भएको हो।
आगो लागेको बस सर्लाही मलँगवाका मनमोहन साहको रहेको प्रहरीले जनाएको छ।
बसमा आगो लागेपछि बिरगञ्ज महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा आगो लगाउने समुहको खाजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया