निजगढ : बाराकाे निजगढ १० लालमा आईतबार राती भिषण आगलागी भएकाे छ । राती साढे १० बजे सुरु भएकाे आगाे दुई बजे पुर्णरुपमा नियन्त्रणमा आएकाे थियाे । आगलागिमा दुईवटा गाेठ सहित तीन वटा घर पुर्णरुपमा जलेर नष्ट भएकाे छ । आगाेले कालू माेक्तानकाे घर जल्दा नगद, गरगहना, लत्ताकपडा, १५ मुरी धान, मकै जलेर नष्ट भएकाे छ । त्यस्तै श्यामलाल बाेम्जनकाे गाेठ जल्दा ३ वटा भैंसी, १५ बाख्रा र कृष्ण बहादुर बाेम्जनकाे गाेठ जल्दा २५ वटा बाख्रा मरेकाे छ ।
आगलागिबाट करिब १५ लाख बराबरको क्षति भएकाे ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयाे ।
टायलकाे छानाे काठकाे घर-गाेठमा लागेकाे आगाे ४ वटा दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी, फाष्टका नेपाली सेना र स्थानीय ४ घण्टा लगाएर नियन्त्रणमा ल्याएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका, काेल्हवी, चन्द्रपुर, नगरपालिका र नेपाल अायल निगम अम्लेखगञ्जबाट दमकल पुगेकाे थियाे । यसैविच घटनास्थलमा सासंद उमाकान्त चाैधरी पुगेर जानकारी लिनुभएकाे छ । त्यस्तै नेकपा प्रदेश कमिटी सदस्य रविराज दंगाल पुगेर राहत र सहयाेगका लागि आह्वान गर्नुभएकाे छ ।
प्रतिक्रिया