वीरगंज, २० चैत । हावाहुरीले प्रभावित बनेको बाराको फेटा गाउँपालिका–६ पुरैनियामा पीडितलाई लक्ष्य गरी विभिन्न निकाय र संस्थाहरूले सामूहिक मेस सञ्चालनमा ल्याएका छन।
हुरीले घरवार बनेका पीडितलाई भोकभोकै बस्नु नपरोस भनेर मंगलवार बिहानबाट सामूहिक मेस सञ्चालन गरेको कलैया उपमहानगरपालिका–२० बसतपुरका स्थानीय ईद महमद् अन्सारीले बताए। 'हामी गाँउवासी मिलेर खानाको व्यवस्था गरेका छौँ,' अन्सारीले भने,'जति जनालाई आवश्यक पर्छ हामी व्यवस्था गर्छाैँ।' टेन्ट राखेर खाना खाने ठाँउ बनाइएको छ भने खुला आकाशमुनि बनाइएको दाउरा चुलोमा दाल–भात पाकेको छ। चिउरा, चाउचाउ र बिस्कुटको भरमा सोमवारको रात बिताएका पीडितले मंगलवारदेखि खाना खान पाएका छन। फेटा गाँउपालिकाले पनि निश्शुल्क खानाको व्यवस्था मिलाएको छ।
प्रतिक्रिया