साजिर मन्सूर
२०७६ बैशाख ४ बुधबार
कलैया : बाराको महागढिमाई नगरपालिका अन्तरगत रहेको श्री गढिमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक बिधालय बरियारपुरको भवनको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । भवनको महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादबले शिलान्यास गरेका हुन् । देशका विभिन्न बिधालयहरुलाई पाँच बर्षभित्र नमुना बनाउने सरकारको अभियान अन्तर्गत छनोटमा परेको उक्र बिद्यालय भवनको आज शिलान्यास भएको हो ।
२०८० सालसम्म बिधालय भवन निर्माण गरिसक्नुपर्ने बिधालय ब्यवस्थापन समितिका अध्यक्ष देवप्रकाश गुप्ताले बताए । नमुना बिधालयका लागि ४८ कोठा सहितको ५ वटा शैक्षिक भवन, एक÷एक सय बिद्यार्थी क्षमताका २ वटा छात्राबास एक पुस्तकालय एउटा सभाहल, एक प्रसासकिय भवन र कम्पाउण्ड वाल पनि निर्माण हुने बिधालयका प्रधानाध्यापक रामएकबाल प्रसादले जानकारी दिए ।
नमुना बिधालयका लागि यश अघि नै नगरपालिकाले ३० लाख र गढिमाई मन्दिर सन्चालन तथा बिकास समितिले ५० लाख सहयोग गरि २४ कठ्ठा जग्गा खरिद गरिसकेको र अझ १६ कठ्ठा जग्गा किन्न नगरपालिकाले ३४ लाख र गढिमाई ट्रस्टले २० लाख दिने निर्णय गरिसकेको नगर प्रमुख यादवले बताए ।
शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख तारा देबि कानु, गढिमाई ट्रष्टका उपाध्यक्ष कैलाश महतो, नगरपालिकाका सल्लाहकार भैयाराम यादब, नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहंस यादब, पुर्व गा.बि.स. अध्यक्ष पन्नालाल साह, पिप्राढी मा.बि.का अध्यक्ष राजदेव साह, कलैयाका समाजसेवी राजाबाबु साह, शिक्षक प्रदिप गुप्ता, प्रदिप सिंह, लगायतको उयपस्थिती रहेको थियो ।
प्रतिक्रिया