वीरगंज, ५ चैत । स्व. गिरिजाप्रसाद कोईरालाको ९ औं स्मृति दिवसको अवसरमा जिपी कोइराला फाउन्डेशनले वीरगंज महानगरपालिका वडा नं. २७ र २७ मा आँखा शिविर सम्पन्न गरेको छ ।
सुगौली र उदयपुर घुर्मीमा भएको आँखा परीक्षण शिविरमा एक हजारको आँखा परीक्ष्Fण गरिएको चिकित्सक महेश सिंह धामीले जनाएका छन् । जसमध्ये २२५ जनालाई मोतिबिन्दुको रहेको, ७० जनालाई निःशुल्क चश्मा तथा ६०० जनालाई निःशुल्क औषधि उपलब्ध गराइएको माट्रिका आई फाउण्डेशनले जनाएको छ । शिविर समापन कार्यक्रममा प्रमुख अतिथि अजयकुमार द्विवेदी, प्रदेश सांसद ओमप्रकाश शर्मा, रामरूप कुर्मी, रामनारायण कुर्मी, वडाध्यक्ष्F शम्भु मिश्रा, हस्पिटलकै नम्रता क्षत्री लगायतको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गरेका थिए ।
प्रतिक्रिया