वीरगंज, १ चैत ।
सबैया साझेदारी बन उपभोक्ता समितिले राष्ट्रिय बन फडानी गरिएको १२ क्युफिट सालको काठ र दुइवटा साइकल बरामद गरेको छ ।
समितीका अध्यक्ष लखनप्रसाद साहले गस्तीको क्रममा तस्करहरु भाग्न सफल भएको र साइकल तथा काठ बरामद गरिएको बताए । बरामद काठ इलाका वन कार्यालय सबैयामा राखिएको सहायक वन अधिकृत शिवनन्दन साहले बताए ।
प्रतिक्रिया