२२ फागुन, जनकपुर । जनकपुरधाम उपमहानागरपालिकाका नगरप्रमुख लालकिशोर साहको घरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपिलका ६ का २० वर्षीय बिक्की साह र वडा नम्बर ४ का २० वर्षीय किसन मण्डल पक्राउ परेका हुन् ।
मेयर साहको छोरीको विवाहका लागि ल्याइएको एक लाख मूल्य बरावरको विभिन्न खाद्य सामाग्री तथा अन्य सामग्रीहरु चोरी गरेको आरोपमा साह र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले चोरी गरेको सामानसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । दुबै जनामाथि चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ
प्रतिक्रिया