वीरगंज, १ चैत ।
दुर्घटनामा घाइते भएका इन्जिनियरको आज बिहान मृत्यु भएको छ ।
पर्साको, सखुवाप्रसौनी गाउँपालिकामा कार्यरत मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका निवासी इन्जिनियर दिपेन्द्र गुरुंगको हिजो साँझ सवारी दुर्घटना भएको थियो । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँपालिकाको काम सकेर वीरगंजतर्फ आउने क्रममा उनी चढेको मोटरसाइकललाई वीरगंज महानगरपालिका १९ बिन्दवासिनी चोकमा टेक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते गुरुंगको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरिक्षक नवराज कार्कीले बताउनुभयो ।
प्रतिक्रिया