फागुन ३०, २०७५ पर्सा : अवैध ढंगले कीटनाशक औषधि उत्पादन गर्दै आएका किसान एग्रो केमिकल्स उद्योग वीरगञ्जका सञ्चालक श्यामकुमार तुल्स्यानलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले सात दिनको म्याद दिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा उनले वीरगञ्ज महानगरपालिका ४ मा सञ्चालन गरेको कीटनाशक औषधि उद्योगमा छापा मार्दा अवैध ढंगले उद्योग सञ्चालन गरेको फेला परेपछि सञ्चालक तुल्स्यान मंगलबार साँझ नै पर्सा प्रहरीको नियन्त्रणमा लिएको थियो। थप अनुसन्धान गर्न म्याद माग भए बमोजिम जिल्ला अदालतले सात दिने म्याद दिएको हो। किसान एग्रोे केमिकल्सका नामबाट सञ्चालित कीटनाशक औषधि उद्योगले मिति सकिएका औषधीलाई समेत रिप्याकिङ गर्दै उत्पादन गर्ने गरेको फेला परेको हो। त्यसै मुद्दालाई थप अनुसन्धान गर्न भनी जिल्ला प्रहरी कार्यालय पर्साबाट म्याद माग भए बमोजिम पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले बुधबार म्याद थप गरेको जिल्ला अदालत पर्साका शाखा अधिकृत तथा सूचना अधिकारी जगतबहादुर भण्डारीले बताए। नारायणी उपक्षेत्रीय अस्पतालसँगै अवैध ढंगले कीटनाशक औषधी उत्पादन र बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतको नेतृत्वमा सो उद्योगमा छापा मारी गर्दा त्यो ठाउँमा उद्योग सञ्चालन गर्ने अनुमति, प्रमाणपत्र समेत नलिएको, मिति सकिएका सामान पुनः प्याक भइरहेको फेला परेकोले थप अनुसन्धान गर्नु परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। जिल्लाका सबै नियमनकारी निकायको संयुक्त टोलीले छापा मारी किसान एग्रो केमिकल्स वीरगञ्ज नेपालमा सिलबन्दी समेत गरेको छ। किसान एग्रोले घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग सञ्चालनको स्वीकृति भने वीरगञ्ज महानगरपालिका २४ रामगढवामा उद्योग सञ्चालन गर्ने अनुमति लिएको सञ्चालक तुल्स्यानले दाबी गरेका छन्। वीरगञ्ज महानगरपालिका ४ मा भने गोदाम मात्र भएको उनको भनाइ छ। तर त्यहीँबाट अवैध ढंगले प्याकिङ गर्ने, मिति थप्ने, बिक्री गर्ने र मिति सकेएको कीटनाशक औषधीलाई पनि त्यहीँ ल्याई 'रिप्याक' गरी बिक्री गर्ने गरेको फेला परेको हो। अनुगमनमा गएको प्रहरी प्रशासन सहितको टोलीले विभिन्न किसिमको नमूना समेत संकलन गरी परिक्षण पनि गर्न आवश्यक प्रकृया अगाडि बढाएको प्रशासकीय अधिकृत बस्नेतले बताए। उद्योगले उत्पादन गरेको कि–प्लेक्स केमिकल्स अन्न, तरकारी र फलफूल बालीमा प्रयोग हुने कृषि केन्द्र वीरगञ्जका कृषिवाली अधिकृत समसुल हकले बताए। निरीक्षणमा जाँदा बिक्री र खरिद तथा राजस्व बुझाएको रेकर्ड समेत नभेटिएपछि प्रहरीको सहयोगमा उद्योग सञ्चालक तुल्स्यानलाई पक्राउ गरी अनुसन्धान भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताएका छन्।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
MAIN QUOTE$quote=Steve Jobs

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.
[साताको खबर]$type=one
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
-
'एमाले प्रतिगमनतर्फको षड्यन्त्रमा' विघटनकर्ता एमाले नै भएको प्रमाणित माओवादी बैठ...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
/fa-clock-o/ लोकप्रिय$type=list
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया