वीरगंज, २२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली आज वीरगंज आउने भनिए पनि नआउने भएका छन । वीरगंजमा आयोजित अश्वमेध महायज्ञमा प्रधानमन्त्री आउने भनिएको कार्यक्रम स्थगित भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराईले वताए ।
अधिकारी भट्टाराईका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएका कारण वीरगंज आउने भनिएको प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएको हो । यता यज्ञ स्थलमा प्रधानमन्त्री मधेश आन्दोलनको वेला दिएको अभिव्यक्तिका कारण तर्सेर वीरगंज आउने कार्यक्र स्थगित भएको चर्चा चलेको हाम्रा सहकर्मी प्रणय साहले वताएका छन ।
प्रधानमन्त्री बुधबार १२ बजे वीरगंज आउने कार्यक्रम रहेको थियो भने प्रधानमन्त्री आउने कार्यक्रमलाई मध्य नजर गर्दै वीरगंजको सुरक्षा व्यवस्था कडा वनाइएको थियो । निर्धारित कार्यक्रम भन्दा आधा घण्टा पहिला मात्र प्रधानमन्त्री वीरगंज नआउने यज्ञ स्थलमा जानकारी प्राप्त भएकोे सहकर्मी साहले वताए ।
यस भन्दा पहिला पनि यज्ञको उदघाटन गर्न वीरगंज आउने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम मौसम खराबीका कारण स्थगित भएको थियो । आज प्रधानमन्त्रीद्वारा यज्ञको समापन्न हुने भनिएको कार्यक्र पनि स्थगित भएको हो ।
प्रतिक्रिया