बारा, ४ चैत । मोतिहारी अमलेखगंज पाइपलाइन विस्तारको काम आजबाट फेरि शुरू भएको छ ।
दुई साता अघि पर्सा राष्ट्रिय निकुञ्जको जंगलका रूख काट्ने क्रममा स्थानीयसंगको विवादका कारण पाइपलाइन विस्तारको काम रोकिएको थियो । तर स्थानीय रूख र पाइपलाइनको कामसमेत आफैले पाउनुपर्ने मागबाट स्थानीय हटेपछि पाइपलाइन विस्तारको काम सुचालु भएको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि टिम्बर कर्पाेरेसन अफ नेपालले फागुन १५ गतेदेखि पाइपलाइनमा पर्ने निकुञ्जको ९ किलोमिटरसम्मका रूख काट्न शुरू गरेको थियो । रूख कटान रोकिएसंगै पाइपलाइन बिस्तारको काम समेत ठप्प बनेको थियो ।
भारतको मोतिहारीबाट आउने पाइपलाइनको भारततर्फको काम दुई महिना अघिनै सकिइसकेको छ । नेपालमा भने नौ किलोमिटर बिस्तारको काम बा“की छ ।
रूख कटान र पाइपलाइन बिस्तार संगै ४५ दिनभित्र सबै काम सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
मोतिहारी अमलेखगंज पाइपलाइनबाट बैशाख भित्रै पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य समेत रहेको निर्देशक पौडेलको भनाइ छ ।

प्रतिक्रिया