वीरगंज, २६ फागुन ।
प्रदेश २ को बारा र सप्तरीमा आगलागीबाट १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
सप्तरी अग्निसाइर कृष्णसवरन गाँउपालिका २ मा शनिवार साँझ आगलागी हुँदा चारजनाको घर जलेको छ।
स्थानीय मिश्रीलाल चौधरीको टिनको छानो भएको दुई तले घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हूँदा अन्य ३ जना छिमेकको घरमा आगलाी भएको प्रहरीले जनाएको छ। चारैजनाको घरमा रहेको धनमाल कपडा, लत्ता, नगद जिन्सी जलेर झण्डै ११ लाख १० हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ। आगोलाई स्थानीय र प्रहरीहरूले निभाएका थिए।
यस्तै बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका १८ मोतिचौर बस्ने तिलकबहादुर गुरूड्ढो एक तल्ले कच्ची घर जलेर नष्ट भएको छ । शनिवार राति ११ बजेको समयमा घरमा आगलाी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन, अन्नपात पूर्ण रूपमा जलेर करिब ५ लाख बराबरको क्षति भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी चौकी जितपुर, बाराबाट खटिएको प्रहरी टोलीले, स्थानीय बासीन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया