वीरगंज चैत्र १६ - संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा सांसद
प्रदीप यादवले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षाको प्रश्नपत्र
बाहिरिएका घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । साँसद यादवले
प्रेस विज्ञप्ति जारी गरि यही चैत १० गतेदेखि देशैभरि संचालित एसईई.
परीक्षाको चौथो दिन अनिवार्य विज्ञान तथा त्यस लगत्तै सामाजिक शिक्षा
विषयको प्रदेश नं. २ मा प्रश्नपत्र बाहिरिएको घटनाप्रति गम्भिर
ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विद्यार्थीको मानसिक तनाव कम गर्न अहिले परिक्षाको मिति अभिलम्भ नतोकी
विद्यार्थीहरुको भविष्यसंग खेलवाड हुने गरि भइरहेको यस घृणायुक्त
कार्यप्रति घोर भत्सर्ना गर्दै साँसद यादवले परिक्षा मिति छिटो भन्दा
छिटो तोक्न माग गरेका छन् । सांसद यादवले संघीयतालाई कमजोर पार्ने
तत्वहरुको डिजाईनमा प्रदेश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिरिने
घटनाप्रति संघीय सरकार दोषी रहेको दाबी गरेका छन् । साथै प्रदेश नम्बर
दुईको सरकारलाई बद्नाम गर्ने र संघीयतालाई कमजोर पार्न संघीय सरकारको
षडयन्त्रले प्रश्न पत्र बाहिरिएको दाबी गर्दै संघिय सरकारले आफ्नो कमजोरी
लुकाउन प्रदेश सरकारलाई दोषारोपण गरि रहेकोले संघ सरकारको द्वैध चरित्र
देखिएको आरोप लगाएका छन् ।
उनले विधार्थि र अभिभावककाे मानसिक तनाव कम गर्न अविलम्ब परिक्षाकाे मिति
ताेक्न माग गरेका छन् । उनले प्रदेश नम्बर २ को सरकारलाई संघीय सरकारले
कुनै पनि अधिकार दिएको छैन, प्रश्नपत्र छाप्ने, सुरक्षा दिने सबै
जिम्मेवारी संघीय सरकारको रहेकोले प्रश्नपत्र कसरी बाहिर आयो यसको
सम्पूर्ण जिम्मेवारी संघीय सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्ल्लेख
गरिएको छ ।
साथै एसईई. परीक्षा स्थगित भएसँगै परीक्षा दिन नपाएका विद्यार्थीहरुको
शान्तिपुर्ण आन्दोलनमा केही ठुला राजनीतिक दलका बिचौलियाहरुले आन्दोलनलाई
उग्र बनाएकोमा प्रहरीले ती बिचौलियाहरुको पहिचान गरेर कार्यवाही गर्नुको
सट्टा संघीय सरकारको निर्देशनमा विद्यार्थीहरुमाथि लाठी चार्ज तथा आश्रु
ग्यास प्रहार गरि दमन गरेको कार्यले गणतन्त्रको उपहासको पराहाष्ठा भएको
साँसद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्ने संघीय सरकारका शिक्षा मन्त्रीले
आफ्नो कमजोरी स्वीकार गरेर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने
विज्ञप्ति मार्फत माग समेत गरेका छन् । पटक पटक ध्यानाकर्षण गराउँदाको
बाबजुद्ध संघीय सरकारकाले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरे संघिय
सरकार विरुद्ध आफुले आवश्यक संघर्ष गर्ने विज्ञप्तिमार्फत चेतावनी समेत
दिईएको छ ।

प्रतिक्रिया