वीरगंज, ५ चैत ।
सांसद प्रदिप यादवले रंगहरुको पावन पर्व होलीलाई सुरक्षीत रुपमा मनाउन आग्रह गरेका छन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र र वडा न ५ ले आज सभ्य र सुरक्षित होली मनाउन सचेतनामुलक प्रभातफेरी निकालेको थियो ।
¥यालीपछि कोणसभालाई सम्बोधन गर्दै सांसद यादवले एकता र मेलमिलापको चाड भएकोले होलीलाई मर्यादित मनाउन आग्रह गरे । उनले मदिरा सेवन गरेर सवारी नचलाउन आम नगरबासीमा हार्दिक आग्रह समेत गरे । वडाध्यक्ष प्रदिप चौरसीयाको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान्त थापा, समाजसेवी रमेश चौधरीलगायतको उपस्थिति थियो ।
यसैगरी नेपाल संघीय समाजवादी पार्टीले पोखरीयामा होली मिलन समारोह गरेको छ । पोखरीया नगर कार्य समिती पर्साले आयोजना गरेको होली मिलन समारोहमा कालिकामाई गाFउपालिका अध्यक्ष नथुनीप्रसाद कुशवाहा, पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम ब्रम्हदेवप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हाम्रा सहकर्मी मुस्तुफा अंसारीले जानकारी दिए ।
यसैगरी ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सा र पब्लिक फिटनेस सेन्टरको संयुक्त आयोजनामा वीरगंजको माइस्थानमा होली मिलन कार्यक्रम भएको छ ।
फिटनेस सेन्टरका अध्यक्ष करण यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, प्रध्यापक सुषमा तिवारी द्विवेदी, ब्लड डोर्नस एशोसिएसन पर्साका अध्यक्ष शत्रुघन नेपाल, प्रहरी उपरिक्षक रेवती ढकाल, वडा अध्यक्ष राजेश गुप्तालगायतकाले मन्तव्य राखेका थिए ।
यसैगरी कुर्मी सशक्तीकरण मञ्चले रामगढवामा आयोजना गरेको होली मिलन समारोहमा प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेश पटेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्ष विश्वेश्वर पटेलले गरेका थिए ।
प्रतिक्रिया