वीरगंज, १ चैत ।
मकवानपुरमा कुखुरामा बर्ड फ्लूको संक्रमण भेटिएपछि पर्सामा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सतर्कता अपनाउन सरोकारवाला सबैलाई आग्रह गरिएको जानकारी दिए । खुल्ला सीमाना भएका कारण पर्सा जिल्ला त्यसैपनि बर्डफ्लूको जोखिममा छ ।
भारतबाट पंक्षीजन्य बस्तु आयातमा प्रतिबन्ध लगाइएको भएपनि सस्तोमा पाईने हुFदा चोरी तस्करीबाट कुखुरा, चल्ला र अण्डा आउने गरेको छ । विशेषगरि पर्साको जानकीटोला, भिश्वा, ईनर्वा लगायतका नाकाबाट अवैध रुपमा साईकल, मोटरसाईकलमा कुखुरा, चल्ला र अण्डा तस्करी हुने गरेको छ ।
यसैबीच सशस्त्र प्रहरीले बीरगंज महानगरपालिका–१९ केहुनियाबाट ५ हजार थान चल्ला बरामद गरेको छ ।
प्रतिक्रिया